लोसपा बैठक आज पनि बस्दै, नेताहरूकाे धारणामा नेतृत्वले जवाफ दिने
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०नेपालको कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ। आजको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने र नेतृत्वले जवाफ दिने छन् ।
यस्तै आजको बैठकमा आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा, महाधिवेशनको मिति र स्थानबारे पनि छलफल हुनेछ ।
हिजोदेखि सुरु भएको बैठकको पहिलो दिन संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग नेताहरूले माग गरेका थिए ।
प्रतिक्रिया
Facebook Comment