डेडिकेटेड र ट्रंक लाइनको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट
काठमाडौं। उच्च अदालत पाटनमा ‘डेडिकेटेड’ तथा ट्रंक लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ।
अधिवक्ताहरू यज्ञमणि न्यौपाने, कमलप्रसाद पोखरेल, टीकाप्रसाद ढकाल र दीपक अधिकारी आज दायर गरेको रिट निवेदनमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गरिएको छ।
रिट निवेदनमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका उद्योग व्यवसायी, संस्था तथा व्यक्तिबाट ट्रंक लाइन र डेडिकेटेड फिडर प्रयोग गरेबापतको कानुनबमोजिम बुझाउनुपर्ने भए पनि नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम नबुझाउनेगरी मन्त्रिपरिषद्लगायत अन्यबाट भएका गैरकानुनी निर्णय, आदेश, पत्र, पुर्जीलगायत जो–जे छन् सबै बदर हुनुपर्ने माग गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम असुलउपर गर्नु गराउनु तथा असुलउपर गर्ने गराउने कार्यमा अवरोध नगर्नु, नरोक्नु, रोक्न नलगाउनु भनि परमादेशको आदेश माग रिट निवेदनमा गरिएको छ।
साथै कानुनबमोजिमको बक्यौता रकम नतिर्ने तथा तिर्न ढिलाइ गर्ने विपक्षीलाई कानुनबमोजिम कारबाही गर भनी परमादेशको आदेशसमेत माग गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment