वडा कार्यालय भवन धमाधम निर्माण हुँदै

डिसी नेपाल
२७ भदौ २०८१ ८:५४
124
Shares

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–४ को वडा कार्यालय भवन धमाधम निर्माण भइरहेको छ । बाह्रकोठे भवन रु एक करोड एक लाखको लागतमा निर्माण भइरहेकोे वडाध्यक्ष कमल ठकुल्लाले बताए।

हालसम्म ६० प्रतिशत बढी कार्य पूरा भएको नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीले बताए। “भवन पूर्णरुपमा अपाङ्गमैत्री बन्नेछ,” उनले भने, “भवन सुविधायुक्त हुनेछ ।”

भवनको दुई तला ढलानको कार्य पूरा गरी तेस्रो तला ढलानका क्रममा रहेको छ । साबिकको पिपलाडी गाउँपालिकाको जीर्ण भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *