रुख काट्ने क्रममा च्यापिएर वृद्धको मृत्यु

डिसी नेपाल
२७ भदौ २०८१ १८:३९
36
Shares

दमौली। तनहुँको भिमाद नगरपालिका–६ रंगशाला नजिकै रुख काट्ने क्रममा च्यापिएर आज एक वृद्धको मृत्यु भएको छ। सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सिसौघारीमा रुख काटी डोरीले तान्ने क्रममा रुखले च्यापिएर घाइते कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *