पाल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु
रामपुर। यहाँको माथागढी गाउँपालिका–४ स्थित झुम्सा खोलाले बगाएर आज एक पुरुषको मृत्यु भएको छ।
खोलाले बगाएर तिनाउ गाउँपालिका–४, बिजनचौर स्थायी ठेगाना भएका ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
खोला तर्ने क्रममा चौहानलाई बगाएको हो। उनको शव एक सय ५० मिटर तल खोलाको बीच भागमा भेटिएको थियो। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment