वीपी राजमार्गमा मंगलबारदेखि रुटको गाडी चलाउन पाइने
काठमाडाैं। अविरल बर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सवै प्रकारका सवारी साधान सञ्चालन हुने भएका छन्।
सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरि राजमार्गको भकुण्डेवेशी बर्षेखोला खण्डको करिव ८ किलोमिटर सडक वगाएकाले हाल ट्रयाक खोली साना सवारी साधनमात्रै सञ्चालन भएकोमा मंगलबारदेखि रुट अनुमति लिएका सवै प्रकारका सवारी साधान सञ्चालन गर्न योग्य हुने जनाएको हो।
साथै सडक डिभिजनले उक्त सडक खण्डमा सुख्ख पहिरो झर्ने सम्भावना रहेकाले रातीको समयमा यात्रा नगर्न अनुरोध समेत गरेको छ। भकुण्डेवेशी बर्षेखोला खण्डको सडक बगाएपछि सडक डिभिजनले चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सन निर्माण गरेको छ।





No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment