गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

डिसी नेपाल
२८ असोज २०८१ २२:१७
176
Shares

काँक्रेविहार। सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षका महेश पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

आज साँझ साढे ६ बजेतिर दैलेखचोकबाट आउँदै गर्दा कालिनचोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि प्रदेश अस्पताल पु¥याइएको थियो। अस्पतालमा उपचारका क्रममा राति आठ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *