बीपी राजमार्गमा आजबाट सवारी आवागमन खुल्ला

डिसी नेपाल
२९ असोज २०८१ १३:१९
192
Shares

काठमाडौं। दशैं अघि आएको बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा आजबाट साविक बमोजिमकै सवारी आवागमन खुल्ला गरिएको छ। बाढी र पहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि कतै एकतर्फी त कतै दुई तर्फी गरी सवारी संचालन गरिएको थियो।

साना सवारी साधनलाई मात्रै अनुमति दिइएको यस राजमार्गमा आजदेखि भने साविकमा यातायात संचालनका लागि अनुमति पाएका सबै सवारी साधन संचालन गर्न खुल्ला गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

आजदेखि राजमार्ग अन्तर्गत् चौकीडाँडा र माम्ती खोला नजिकको डाइर्भसन सुधार गरी दुईतर्फी यातायात संचालनको व्यवस्था मिलाइएको हो।

बाढी पहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएकोले हाल नयाँ ट्रयाक निर्माण गरी सवारी साधनको लागि आवागमन खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ। सडक खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *