बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
काठमाडौं। सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ।
सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो। गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ।
बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए। एक सय ७७ जना घाइते भएका छन्भने १८ जनाको अवस्था अझै अज्ञात छ। पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment