एयर इण्डियाको विमानमा बम राखिएको हल्ला झुटो
काठमाडौं। काठमाडौंबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको विमानमा बम राखेको सूचना झुटो साबित भएको छ। सुरक्षा जाँचपछि विमानमा कुनै बम नभएको पुष्टि भएको हो।
एआई २१६ उडान नम्बरको एयर इण्डियाको यस विमानबाट दिल्ली १५८ यात्रु चढीसकेको अवस्थामा बमको सूचना आएपछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन्। जाँचका लागि प्रहरीले कुकुरसमेत परिचालन गरेको थियो।
सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको विमानमा बम रहेको सुचनापछि प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि विमानलाई नियन्त्रणमा लिएको थिए। बमको सूचना भने दिल्लीमा रहेको एयर इण्डियाको कार्यालयबाट काठमाडौं विमानस्थलमा आएको बताइएको छ।
बमको सुचना झुटो सावित भएसँगै विमान दिल्ली फर्किने तयारीमा रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। यसअघि अघिल्लो साता पनि भारतको भिस्तारा एयरको विमानमा बमको सूचना प्राप्त भएको थियो। तर पछि चेकजाँच गर्दा बम रहेको सूचना झुटो बनेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment