फाष्टट्रयाकको मुद्दा जिताउने भन्दै ठगी गरेको आरोपमा पक्राउ

डिसी नेपाल
१२ कार्तिक २०८१ २३:३६
56
Shares

काठमाडौं। काठमाडौं–निजगढ द्रुत मार्ग (फाष्टट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ।

ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाडौं–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) को टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिइ रु एक करोड २८ लाख लिएर फरार भएका थिए।

आचार्यले भने, ‘कार्यालयमा जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतबाट यही ६ गते पक्राउ अनुमति जारी भएको थियो। खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आज दिउँसो १ बजे पक्राउ गरेको हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *