काग तिहारमा कागको पूजा (तस्बिर)
काठमाडाै। नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गत बुधबार काग तिहार मनाइँदैछ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितिया पाँच दिनसम्म मनाइने यमपञ्चकको अन्तर्गत बुधबार कागलाई यमदूतको रुपमा पूजा गरी मनाइएको हो।

धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा पूजा गरेर खानेकुरा दिने गरिन्छ। कागले शुभ तथा अशुभ सन्देश पुर्याउँछ भन्ने मान्यता रहेकाले यस दिन कागलाई खानेकुरा दिने चलन छ।

पंक्षीहरुमध्ये अति चंख र कहिलेकाहीँ दुष्ट्याईं गर्न समेत पछि नपर्ने पंक्षीको रुपमा काग परिचित रहिआएको छ।

मानव समूदायलाई विभिन्न हिसावले सहयोग पुर्याउने पशु-पंक्षीलाई सम्मान र पूजा गर्ने हिन्दू परम्परा अनुसार पाँच दिनसम्म काग, कुकुर, गाई र गोरुको पूजा गर्ने चलन छ । विशेषगरी तिहारलाई फूल, बत्ती र रंगको पर्वको रुपमा लिइन्छ ।


No ads found for this position


Facebook Comment