गोविन्दप्रसाद लोहनीको ‘अष्ट्रेलियादेखि युरोपसम्म’ पुस्तक लोकार्पण
काठमाडौं। गोविन्दप्रसाद लोहनीको ९६ औं जन्मजयन्तिको अवसर पारेर ‘अष्ट्रेलियादेखि युरोपसम्म’ यात्रा सम्मरण पुस्तक लोकार्पण गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि लोकापर्ण गरिएको हो।
अर्थशास्त्री गोविन्दप्रसाद लोहनीको तीन वर्ष अगाडि ९३ वर्षको उमेरमा निधन भएको थियो। उनी बद्धिजिवी, अर्थशास्त्री, कुटनीतिज्ञमा रुपमा परिचित थिए। लोहनीले आफ्नो जीवनकालमा दुई हजार भन्दा बढी लेख रचना प्रकाशित गरेका थिए भने एक दर्जनबढी पुस्तक प्रकाशित छन्।
राष्ट्रिय योजना आयोगका सदस्य बनेका लोहनीले नेपाल राष्ट्र बैंकको स्थापना गर्न ठूलो भूमिका खेलेका थिए भने पाँच विकास केन्द्र स्थापना गर्न पनि उनको ठूलो भूमिका थियो।
लोहनीले डायरीमा लेखेका तर प्रकाशित नभएका लेखलाई समेटेर उनका छोरा कपिल लोहनीले पुस्तक प्रकाशित गरेका हुन्। छोरा कपिल लोहनीले बुवाको जन्मजयन्तिको अवसरमा हरेका वर्ष एउटा नयाँ पुस्तक प्रकाशित गर्ने जनाए। पुराना विद्वानहरुका विषयमा पुस्तक प्रकाशित गर्ने विषयमा सरकारले ध्यान नदिएको भन्दै उनले असन्तुष्टि जनाए।
शिक्षा र भूमि सुधारका विषयमा लोहनीको विशेष भूमिका रहेको थियो।
कृपा पब्लिकेशनबाट प्रकाशित पुस्तकका बारेमा पूर्व परराष्ट्र सचिव, पूर्व राजदूत डा. मदनकुमार भट्टराईले चर्चा गरेका थिए। उनले लोहनी बहुआगामिक व्यक्तित्वको धनी भएको भन्दै पुस्तकका विषयमा चर्चा गरेका थिए। सो अवसरमा विभिन्न क्षेत्रका विद्वानहरुको उपस्थिति रहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment