तीन सय ५६ ग्राम सुनसहित एक पक्राउ
काठमाडौं। तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले भने, ‘आज काठमाडौं चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टमा बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६८५८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा निज कनैया लाललाई सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ गरिएको हो।’
निज कनैया लालले गुप्तांगमा कार्बनको कागज बाहिर खैरो रङको टेपले बेरेर लुकाइछिपाइ उक्त धातु ११ टुक्रा ल्याएका थिए। घटनाका विषयमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment