वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन पक्राउ

डिसी नेपाल
२६ कार्तिक २०८१ २२:२४
156
Shares

काठमाडौं। वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १२ लाख २५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जा बिरुवा गाउँपालिका–१ घर भई हाल काठमाडौं–३१ बानेश्वर बस्ने ५० वर्षीया कमलाकुमारी केसी, बागलुङ बडिगाड गाउँपालिका–९ घर भई हाल भक्तपुर सूर्यविनायक–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा तथा झापा मेचीनगर नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिष खड्का रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘पक्राउ परेकामध्ये केसीले क्रोएसिया पठाउने भन्दै चार जनाबाट रु आठ लाख २५ हजार, बुढाले युके पठाउने भन्दै एक जनाबाट रु दुई लाख तथा खड्काले क्रोएसिया पठाउने भन्दै एक जनाबाट रु दुई लाख २५ हजार लिई विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको हो।’

पक्राउ परेकाहरुको थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *