गोकर्णेश्वरमा एकै परिवारका ३ जनाकाे शव फेला

डिसी नेपाल
२९ कार्तिक २०८१ १९:२६
248
Shares

काठमाडौं। काठमाडौंको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीन जना मृत भेटिएका छन्। गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती, छोरी र छोरा घरको कोठाभित्र मृत भेटिएका हुन्।

कान्छा नगरकोटीकी श्रीमती सीता दङ्गाल, १५ वर्षीया छोरी अंशु मोक्तान र दुईमहिने छोरा आफ्नै कोठाभित्र मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

कान्छा नगरकोटीले यही कात्तिक १६ गतेदेखि हराइरहेको भन्दै आज दिउँसो प्रहरीवृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिएका थिए। सोही आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले अपराह्न घरको कोठाभित्रै उनीहरु मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले उल्लेख गरे। प्रहरीवृत्त बौद्ध र प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जनकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *