जागरणसभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो : महासचिव पोखरेल

डिसी नेपाल
७ मंसिर २०८१ १४:५०
116
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सकियो भन्नेहरुका लागि जागरण सभा जवाफ भएको बताएका छन्।

काठमाडौँको दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ भएको बताएका हुन्।

सभालाई सम्बोधन गर्दै सत्तामा भएका दलहरु जनतामा जाने विषय सामान्य भएको भन्दै सत्तामा रहेर सभा गर्न नमिल्ने भन्ने टिप्पणी नगर्न आग्रह गरेका थिए। उनले एमाले जनताको पार्टी भएकोले जनतामा जाने निर्णय गरेको बताएका थिए।

महासचिव पोखरेलले एमालेले अहिले देशमा देखिएको निराशालाई चिर्न नेतृत्व गर्ने बताउँदै पार्टी र नेतृत्वलाई विभिन्न आरोप लगाएर बदनाम गर्ने प्रयास गरिएको बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *