रोल्पाको बोटलबारामा पहिरो अपडेट : दुईको मृत्यु, १० जना बेपत्ता
रोल्पा। रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा गएराति गएको पहिरोमा परी १० जना बेपत्ता भएका छन्। पहिरोले घर र गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले ६ वटा घर पुरेको छ। घटनास्थल रोल्पा र बागलुङको सीमा नजिकै तथा जिल्ला सदरमुकामबाट करिब २१ कोसको दूरीमा पर्दछ।
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली राति नै परिचालन गरिएको थियो। आज बिहानैदेखि प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीसहित सुरक्षा निकायका प्रमुखहरूको टोली घटनास्थल पुगेर बेपत्ताहरूको खोजी गरिरहेको छ।
नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त प्रयासमा खोजी कार्य तीव्रताका साथ जारी रहेको प्रशासनले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment