कालिमाटी तरकारी बजारमा आज कुन तरकारीको मूल्य कति?

डिसी नेपाल
२८ मंसिर २०८१ ९:२७
152
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारले शुक्रबारका लागि तरकारीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार सिताके च्याउ बिहीबारको तुलनामा शुक्रबार प्रतिकिलो ३५० रुपैयाँ मूल्य घटेको छ।

बिहीबार प्रतिकिलो एक हजार १ सय रुपैयाँमा कारोबार भएको सिताके च्याउ आज ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज गोलभेडा ९५, लोकल सानो गोलभेडा ६१.२५, टनेलको सानो गोलभेडा ६६.२५, रातो आलु ६४, सेतो आलु ५७, प्याज ९३.३३, गाजर तराई ९५, गाजर लोकल ८५, बन्दा लोकल ५०, बन्दा तराई ४५, स्थानीय काउली ६५, स्थानीय काउली ज्यापु ८५, तराई काउली ५५ मा कारोबार भइरहेको कालिमाटी तरकारी थोक बजारले जनाएको छ।

आज सेतो मुला २२.३३, लाम्चो भान्टा ६५, डल्लो भान्टा ६५, तने बोडी १२५, मटरकोशा १३५, घिउ सिमी ९५, टाटे सिमी ९५, तिते करेला ८५ र लौंका ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

आज परवर लोकल ६५, परवर तराई ७५, चिचिण्डो ५५, घिरौला ८५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ४५, हरियो फर्सी डल्लो ४५, भिण्डी ८५, बरेला १३५, पिडालु ७५, स्कुस ३०, रायो साग ३०, पालुङ्गो साग ९५, चमसुरको साग ९५, तोरीको साग ४५, मेथीको साग ९५, हरियो प्याज ८५, बकुल्ला १२५, तरुल ८५, कन्ये च्याउ २००, डल्ले च्याउ ३३६.६७, राजा च्याउ २९०, ब्रोकाउली ९५ र भेडे खुर्सानी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *