कविता : तिमी दिव्य मानव

गीता ढकाल सुवेदी
२९ मंसिर २०८१ ७:१५
320
Shares

मनको ढोका खोली हेर
आफैसँग बोली हेर
आत्मलाई सोधी हेर
बाहिर मात्र छैन संसार

भित्र फर्की हेर्न जान्दा
सुन्दर संसार भेटिनेछ
लोभ पाप भन्दा बेग्लै
दिव्य मन देखिनेछ

दया माया करुणाको
सानिध्यता मिलेर
भौतिक दुनियाँलाई
केही क्षण पज गर

बाहिर हेर्ने आँखालाई
भित्र तिर काज गर
त्यहीं भित्र दिव्य भै
दिव्यतामा राज गर

आनन्दको सागर भित्र
मनको विकार मेटिएर
ज्ञानको ज्योति भेटिएर
प्रकाश भै चम्कने

मन ,वचन र कर्मले
प्रगतिमा लम्कने
तिमी दिव्य मानव

तिमी दिव्य मानव ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.