कविता : तिमी दिव्य मानव
मनको ढोका खोली हेर
आफैसँग बोली हेर
आत्मलाई सोधी हेर
बाहिर मात्र छैन संसार
भित्र फर्की हेर्न जान्दा
सुन्दर संसार भेटिनेछ
लोभ पाप भन्दा बेग्लै
दिव्य मन देखिनेछ
दया माया करुणाको
सानिध्यता मिलेर
भौतिक दुनियाँलाई
केही क्षण पज गर
बाहिर हेर्ने आँखालाई
भित्र तिर काज गर
त्यहीं भित्र दिव्य भै
दिव्यतामा राज गर
आनन्दको सागर भित्र
मनको विकार मेटिएर
ज्ञानको ज्योति भेटिएर
प्रकाश भै चम्कने
मन ,वचन र कर्मले
प्रगतिमा लम्कने
तिमी दिव्य मानव
तिमी दिव्य मानव ।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment