देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने संकल्प गरेका छन्।
बूढानीलकण्ठ नगरपालिकाको वडा नं १, २ र ७ नं वडाको प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदानको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताएका हुन्।
‘केही मान्छेको स्वार्थका कारण देश बन्न सक्दैन। देश अघि बढ्छ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ। हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ। नेपालको परिचय राखेकामा म खेलाडीलाई धन्यवाद दिन चाहन्छु। हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ। त्यसमा सरकारको सक्दो साथ रहनेछ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment