जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको चार महिने संगठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतका कार्यसूचिमा छलफल हुने बताइएको छ।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचिमाथि केन्द्रीय कार्यकारिणी सदस्यले आफ्नो धारणा राख्ने छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment