नेकपा एसको स्थायी समिति बैठक बस्दै
काठमाडौं। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा आज पनि बस्नेछ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको २६ मंसीरदेखि जारी बैठकमा अहिलेसम्म १८ जना नेताले धारणा राखिसकेका छन्।
आजको बैठकमा वरिष्ठ नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्ने छन् भने अन्तिममा अध्यक्ष नेपालले सबैको जवाफ दिनेछन्।
आजको बैठकमा विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा नेताहरुको जिम्मेवारी तोक्ने देखी पार्टी नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment