एमालेलाई कार्यालय भवन बनाउने बाटो खुल्यो, सर्वोच्चद्वारा रिट खारेज
काठमाडौं। नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउने बाटो खुलेको छ। सर्वोच्च अदालतले आज एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनीका मीनबहादुर गुरुङले दान गरेको जग्गा सम्बन्धि विवाद टुंग्याउँदै बाटो खुल्ला गरेको हो।
सर्वोच्चका न्यायाधीशदय अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेको छ। यसअघि पटक पटक पेशी चढेर पनि सुनवाइ स्थगित भइरहेको बेला आज भने सर्वोच्चले रिट खारेज गरेर भवन निर्माण गर्न बाटो खुल्ला गरिदिएको हो।
व्यवसायी गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए। उक्त रिटमा यसअघिको अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment