सेयर बजारमा ३३ अंकको गिरावट

डिसी नेपाल
१६ पुष २०८१ १५:३६
64
Shares

काठमाडौं । सेयर बजारमा ३३.०८ अंकको गिरावट आएको छ। मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.०८ अंकले घटेर २५७६.५० बिन्दुमा रोकिएको हो।

कारोबारको सुरुवाती समयसँगै घट्न थालेको बजार साढे २ बजे २५४५ बिन्दुसम्म खुम्चिएको थियो। त्यसपछि बजार सम्हालिने प्रयास गर्दै उकालो लागेर कारोबार बन्द हुँदा २५७६ बिन्दुमा रोकिएको हो।

अघिल्लो कारोबार दिन आइतबार नेप्से २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा रोकिएको थियो।

मंगलबार नेप्सेमा कुल ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार कारोबारमा आएकामध्ये २८ कम्पनीको सेयर मूल्य बढेको छ। २१३ कम्पनीको कारोबार घटेको छ। तीन कम्पनीको सेयर मूल्य आज स्थिर रह्यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *