माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१८ पुष २०८१ १०:५७
72
Shares

काठमाडाैं। माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ। यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (पुस १८ गते) देखि ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *