ओलीले केन्द्रीय बैठकमा पेस गर्ने प्रतिवेदन सचिवालय बैठकबाट पारित

डिसी नेपाल
१८ पुष २०८१ १६:०५
144
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन आजको सचिवालय बैठकबाट पारित भएको छ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले पुस २१ र २२ गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा पनि तय गरेको छ।

उक्त बैठकका निम्ति पेस गर्नुपर्ने राजनीतिक प्रतिवेदनका मुख्य विषयमा बैठकमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

ओलीले केन्द्रीय समितिमा पेस गर्न लागेको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसबीचको सहकार्यका बिषयमा उल्लेख गरिएको ज्ञवालीले जानकारी दिए।

सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदनमा समावेश गरेर केन्द्रीय समिति बैठकमा पेस गरिने उनको भनाइ छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबीच पार्टीलाई कसरी अघि बढाउने भन्ने उल्लेख भएको अध्यक्ष ओलीको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले बैठकमा आफ्नो धारणा राख्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *