भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणाली सुधार आवश्यक : डा. बाबुराम भट्टराई

डिसी नेपाल
२७ माघ २०८१ १८:०९
76
Shares

काठमाडाैं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन्।

आइतबारबाट काठमाडौंमा सुरु नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै भट्टराईले सत्तामा पुग्नका लागि करोडौं खर्च गर्न र सत्तामा पुगेपछि त्यसलाई दोहन गर्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका हुन्।

चुनावमा लाग्ने खर्च राज्यले नै व्यहोर्ने र कम खर्चिलो बनाउने गरि आवश्यक सुधारको खाँचो रहेको उनले बताए। उनले राज्यका हरेक निकायलाई पनि सुधार गर्न सके भ्रष्टाचार नियन्त्रण हुने दावी गरे।

भट्टराईले नयाँ बैकल्पिक शक्ति बनाउनका लागि बिचार मिल्नेहरुसँग सहकार्य गर्दै जाने र पुराना शक्तिहरुलाई बाइ-बाइ गर्ने जिकिर गरे। उनले अहिलेको उपलव्धीलाई रक्षा गर्दै थप सुदृढ बनाउनका लागि केहि समय ठूला दलसँग सहकार्य गर्नुपरेको बताए।

प्रथम महाधिवेशनमा भट्टराईले नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिको औचित्य र आधार बिषयक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।

त्यस्तै नेसपाले महाधिवेशन आयोजक समिति विघटन गरी अध्यक्ष मण्डल गठन गरेको छ। पदाधिकारी र केन्द्रीय समिति सदस्य चयन गर्दै महाधिवेशन मंगलबार सम्पन्न हुने नेसपा (नयाँ शक्ति) ले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *