क्रसर उद्योगमा मुख्यमन्त्री

डिसी नेपाल
२७ माघ २०८१ २२:२९
556
Shares

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन गरेका छन्।

उनले आज साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण अनुगमन गरेका हुन्।

गणेशमान चारनाथ नगरपालिकाका विभिन्न क्रसर उद्योगले कमला र वरपरका अन्य खोलाबाट जथाभाबी र गैरकानुनी ढङ्गबाट उत्खनन् गरिरहेको गुनासोपछि मुख्यमन्त्री सिंहसहित धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीसहितको टोलीले क्रसर उद्योग अनुगमन गरेको हो।

मुख्यमन्त्री सिंहले उद्योगमा सञ्चित रहेको ढुङगा, गिट्टी र बालुवाको स्रोत तथा तिनको वैधता प्रमाणीकरण नहुँदासम्म ओसारपसार नगर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *