अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्याय

डिसी नेपाल
२८ माघ २०८१ २२:०९
500
Shares

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई ल्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई अर्थ सचिवमा ल्याउने निर्णय गरेको हो।

हाल उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका छन्। अर्थ मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेलाई भने त्यहाँबाट हटाइएको छ। उनलाई राष्ट्रपति कार्यालय लगिएको छ।

राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव बनाउने निर्णय भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *