कांग्रेस–एमाले समीकरण बिरूद्ध कु प्रचार जारी छः शंकर पोखरेल

डिसी नेपाल
२९ माघ २०८१ ८:०७
76
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक प्रचार भइरहेको बताएका छन् ।

सत्ता समीकरण विरुद्ध जस्तोसुकै भ्रम फिँजाए पनि त्यस्ता शक्तिको अभीष्ट पुरा नहुने धारणा पोखरेलले राखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले कांग्रेस एमालेको सहकार्य रहर नभएर राजनीतिक परिस्थितिको उपज भएको उल्लेख गरेका छन्। दुई ठुला राजनीतिक दल बिचको सत्ता समीकरणले त्यस्ता तत्त्वहरू विचलित भएको पोखरेलको ठम्याई छ ।

‘७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन्, उनीहरूले सत्ता समीकरणका विरुद्धमा जस्तोसुकै कु प्रयास गरे पनि तिनको अभीष्ट पुरा हुने छैन, हुन दिइने छैन किनकि सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो’, पोखरेलले लेखेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *