ह्वात्तै घट्यो सुनको भाउ
काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला दुई हजार ७०० ले घटेको हो।
मंगलबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, चाँदी प्रतितोला १५ ले घटेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ३० निर्धारण गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment