प्रतितोला २३ सयले बढ्यो सुनको मूल्य
काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ। सुन आज एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य पनि तोलामा कारोबार ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment