तोलामा चार सयले बढ्यो सुनको मूल्य
काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ४०० ले बढेको हो।
बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० निर्धारण गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment