झापामा नेपाल प्रहरीका सई मृत फेला
काठमाडाैं। जिल्ला प्रहरी कार्यालय झापामा आज बिहान प्रहरी नायव निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन्।
उनी झुण्डिएको अवस्थामा मृत फेला परेको झापा प्रहरीले जनाएको छ। मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा छन्।
नाइलनको डोरीको पासो लगाई झुण्डिएर मृत अवस्थामा पेला परेका खतिवडाको आफन्तहरुलाई जानकारी गराई कानुनी प्रकृयाको लागि तयारी भइरहेको जनाइएको छ। झापा प्रहरीका अनुसार सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment