ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित हुनु दुःखद् : रघुजी पन्त

डिसी नेपाल
५ फागुन २०८१ १४:४३
3.1k
Shares

काठमाडाैं। नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित हुनु दुःखद् भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै पन्तले नेपालको संविधानले दुई सदनीय संसदीय प्रणाली अंगीकार गरेको भन्दै दुई सदनका बीचमा द्वन्द्व उत्पन्न भए संसदीय व्यवस्थालाई असर पर्ने समेत बताए।

राष्ट्रियसभा पाकाहरुको सदन भएकाले वृद्धाश्रम भनेर बेइज्जत गर्ने काम गर्न नहुने उनको भनाइ छ। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेपछि आइतबार बसेको राष्ट्रियसभा बैठकले खेद प्रस्ताव पारित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *