प्रतिनिधिसभा बैठक आज: यस्तो छ सम्भावित कार्यसूची

डिसी नेपाल
२६ साउन २०८३ ७:२९

काठमाडौं। संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १:०० बजे बस्ने बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यसैबीच, आजै दुई वटा संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची रहेको छ।

बिहान ११:०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘२०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम तय भएको छ।

त्यस्तै, बिहान ११:०० बजे नै बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्र’का विषयमा छलफल हुने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *