फागुन ७ गते नेपाल र नेपालीका लागि कोशेढुंगा: पूर्व राष्ट्रपति भण्डारी

डिसी नेपाल
७ फागुन २०८१ ८:५८
92
Shares

काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ७ गते नेपाल र नेपालीका लागि कोशेढुंगा भएको बताएकी छन्। ७५ औं प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा उल्लेख गरेकी हुन्।

सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्दै पूर्व राष्ट्रपति भण्डारीले भनकी छन्, ‘फागुन ७ गते नेपाल र नेपालीका लागि कोशेढुंगा सावित भएको छ । यही निभमा उभिएर हामी नेपालीलाई बहुदलसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनासम्मका आन्दोलनमा सफलता हासिल भयो ।’

सहिदहरुको बलिदानलाई उच्च कदर गर्दै नेपालको सर्वाङ्गिण विकास र समृद्धिका लागि निरन्तर संघर्षरत रहन राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय र सबै नेपालीलाई प्रेरणा मिल्नेछ भनी उनले शुभकामना व्यक्त गरेकी छन् । प्रजातन्त्र स्थापनाका लागि योगदान गरेकाे  सबै ज्ञात अज्ञात सहिदहरुप्रति उनले श्रद्धाञ्जली अर्पण गरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *