संविधानमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्छौँः सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका छन्।
बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले अहिलको संविधान लचिलो रहेको भन्दै संशोधनमार्फत कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका हुन्।
समावेशीताको विषयमा नपुगेका कुराहरुलाई पुरा गर्नका लागि कांग्रेस प्रतिवद्ध रहेको उनले बताए। सभापति देउवाले सम्पूर्ण नेपालीहरुलाई समावेश गराउने गरि नेपालमा समावेशी राजनीति लागू भएको उल्लेख गरे। ३३ प्रतिशत महिलाको आरक्षण संसारमा थोरै देशमा मात्रै भएको उनको भनाइ छ।
उनले अग्रजहरुको त्याग र तपस्याले मुलुकमा परिवर्तन सम्भव भएको भन्दै प्रजातन्त्रका लागि लड्नेहरुलाई कांग्रेसले सदैव सम्मान गर्ने जिकिर गरे। कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले पार्टीलाई एकतावद्ध र बलियो बनाउदै आगामी निर्वाचनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment