कांग्रेस नेता नेम्वाङको निधन, सभापतिद्वारा दु:ख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता सुखवीर नेम्वाङको निधन भएको छ।
कांग्रेसका पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापति नेम्वाङको आज निधन भएको हो।
फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्षसमेत रहेका नेम्वाङको बुधबार ५६ वर्षको उमेरमा निधन कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
क्यान्सर रोगबाट पीडित नेम्वाङ स्थानीय तहको निर्वाचन २०७४ मा पनि सोही वडाको वडाध्यक्षमा बनेका थिए। नेम्वाङको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment