प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

डिसी नेपाल
१६ फागुन २०८१ १५:०४
276
Shares

काठमाडौं । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ। यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौं हवाई उडान प्रभावित भएका छन्।

कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौंका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ। त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन्। मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ।

मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन्। कार्यालयका अनुसार काठमाडौं–पोखरा, काठमाडौं–भरतपुर, काठमाडौं–नेपालगञ्ज, काठमाडौं–राजविराज, काठमाडौं, विराटनगर, काठमाडौं–जनकपुर, काठमाडौं–भद्रपुर, काठमाडौं–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ। साथै अधिकांश उडान डिले भएका छन्। प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सामान्य रुपले भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *