जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व संकलन

डिसी नेपाल
१६ फागुन २०८१ १७:४७
12
Shares

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २४ करोड ७३ लाख ६९ हजार राजस्व संकलन गरेको छ।

कार्यालयको ५७ करोड सात लाख १७ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेको छ। चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयका भन्सार अधिकृत रविन्सलाल दासले जानकारी दिए।

उनका अनुसार चालू आवको साउन महिनामा ७७ दशमलव ७८ प्रतिशत, भदौमा ५६, असोजमा ७७ दशमलव ४५, कात्तिकमा ६८ दशमलव ७१, मङ्सिरमा ७६ दशमलव ६०, पुसमा ८६ दशमलव ३१, माघमा ७९ दशमलव ६५ तथा फागुन १५ गतेसम्ममा २५ दशमलव ७९ प्रतिशत राजस्व संकलन भएको छ।

उक्त भन्सारअन्तर्गत जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयर सामग्री, टायल्स, ग्रेनाइट, कोइला, कृषिउपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी एवं फलफूल, खेलकुद सामग्री, स्टेशनरी, विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत सामग्री आयात भएको भन्सार अधिकृत दासले बताए।

उक्त भन्सार कार्यालयअन्तर्गत इनरुवा, मैनाथपुर तथा भडडीया छोटी भन्सार कार्यालयसमेत रहका छन्। ती कार्यालयलाई पाँच हजारसम्मको भन्सार राजस्व लिने अधिकार रहेको छ। राजस्व संकलन लक्ष्यको तुलनामा कमी हुनुका मुख्य कारण चोरी तस्करी नियन्त्रण नहुनु, आर्थिक मन्दीलगायत रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *