दुई पांग्रे सवारी साधनमा पछाडि बस्ने यात्रु अनिवार्य हेटमेट लगाउनु पर्ने
काठमाडौं। सरकारले दुई पांग्रे सवारी साधनमा पछाडि बस्ने यात्रुले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने व्यवस्था ल्याउने भएको छ।
२०४९ सालमा बनेको सवारी तथा यातायात व्यवस्थालाई ऐनमा परिमार्जन गर्दै नयाँ व्यवस्थासहित ल्याउन लागिएको नयाँ ऐनमा यस्तो व्यवस्था गरेको हो।
नयाँ ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो वेस साइटमार्फत सार्वजनिक गरेको छ। मस्यौदामा दुई पांग्रे सवारी साधन चालक र पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लयाउनुपर्ने प्रस्ताव गरिएको छ।
यसअघि चालकका लागि मात्रै हेलमेट अनिवार्य थियो। त्यस्तै सवारी साधन चलाउँदा चालकभन्दा अगाडि बालबालिका राख्न नपाइने व्यवस्था पनि मस्यौदामा राखिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment