कैलालीमा असिनापानी
धनगढी । कैलालीमा आज बिहान परेको असिनापानीले कृषिबालीमा नोक्सान गरेको छ।
वर्षासँगै परेको असिनाले मसुरो, गहुँलगायतका कृषिबालीमा नोक्सान गरेको हो। जिल्लाको मध्य र पूर्वी क्षेत्रमा असिना पानी परेको किसानले जनाएका छन्।
असिनाले गहुँ र मसुरोलाई क्षति गरेको कैलारी गाउँपालिका–७ का कृषक फूलराज चौधरीले बताए। उनका अनुसार खेतमा अहिले मसुरो पाक्न थालेको छ। यसैगरी, गहुँ पनि पाक्ने तयारीमा रहेको छ।
जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका लगायतको क्षेत्रमा असिना परेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment