रौतहटमा वडाध्यक्षको निधन

डिसी नेपाल
१७ फागुन २०८१ १०:५०
196
Shares

रौतहट । रौतहटमा एक जना वडाध्यक्षको निधन भएको छ। पूर्वी क्षेत्र माधवनारायण नगरपालिका-४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेवी मुखिया विनको शनिबार बिहान निधन भएको हो।

लामो समयदेखि गम्भीर प्रकृतिका रोगसँग लड्दै आएका वडाध्यक्ष मुखियाको बिहान ७ बजे आफ्नै घरमा मृत्यु भएको उनका छोरा राम कलेबर मुखियाले बताएका छन्। नेकपा माओवादी केन्द्रबाट उनी २०७९ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

यसअघि २०७९ को निर्वाचनमा निर्वाचित रौतहटको गढीमाई, राजापुर र ईशनाथ नगरपालिकाका एक एक जना गरी ३ जना वडाध्यक्षको निधन भएको छ।

लामो समय रिक्त रहेको उक्त तीनवटै वडामा केही समयअघि उपचुनाव भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *