काठमाडौंका केही स्थानमा विद्युत् अवरुद्ध हुने

डिसी नेपाल
१७ फागुन २०८१ ११:१८
168
Shares

काठमाडौं । काठमाडौंको सतुङ्गलगायतका क्षेत्रमा शनिबार ५ घण्टा बिजुली कटौती गर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो।

बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ। तोकिएको कार्य समय अगावै पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ।

यस्तै, मूलपानी सब स्टेसन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क, जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ। निर्माणाधिन सब स्टेसनमा प्राविधिक कामका लागि ती वितरण केन्द्रमा बिजुली आप्रवाह आज साँझसम्म रोकिने प्राधिकरणले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *