पद यात्रामा साबधान रहन सशस्त्र प्रहरी बलको अनुरोध
काठमाडाैं। सशस्त्र प्रहरी बलले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा साबधानी अपनाउन अनुरोध गरेको छ।
चुमनुब्री-१ साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकहरुलाइ साबधान रहन भनेको हो। केही दिन यता भएको भारी हिमपातले बाटोघाटो अबरुद्ध भएपछि बिओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको छ।
यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा हाल सशस्त्र प्रहरी बलका बोर्डर आउट पोस्ट स्थापना भइसकेका र अन्य स्थानमा पनि बिओपी स्थापना गरिने योजना रहेकोले हाल रहेका बिओपीहरुले ती क्षेत्रमा बिपद् उद्दारलाइ पनि उच्च प्राथमिकता राखेर कार्य गरिरहेको छ।
हाल उत्तरतर्फ १० वटा बिओपी रहेकोमा प्रत्येक १० किलोमिटरमा स्थापना गर्ने संगठनको दीर्घकालिन लक्ष्य रहेको छ। हिमाली क्षेत्रमा आवतजावत गर्दा कुनै समस्या भएमा र सूचनाको लागि सशस्त्र प्रहरी बलको हटलाइन नम्बर १११४ मा फोन गर्न समेत अनुरोध गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment