बानेडुंग्रीसैनमा समयमा पक्की पुल बनाउन निर्देशन दिएको छु : मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डोटीको बानेडुंग्रीसैनअन्तर्गत सातनाली सडकखण्डमा निर्माणाधीन पक्की पुल समयमा नै सम्पन्न गर्ने निर्देशन दिएको बताएका छन्।
आज प्रतिनिधि सभामा डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले शून्य समयमा गरेको ध्याकर्षणको जवाफ दिँदै मन्त्री दाहालले सो कुरा बताएका हुन्। यसअघि यही फागुन ४ गते प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद आलेले डोटीको बानेडुंग्रीसैनअन्तर्गत सातनाली सडकखण्डमा निर्माणाधीन पक्की पुल ठेक्का लागेको १० वर्षसम्म पनि २५ प्रतिशत काम मात्र सम्पन्न नभएको बताउँदै असन्तुष्ट ब्यक्त गरेका थिए।
उनले पुल निर्माणका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको भए पनि ठेकेदारले काममा सक्रियता नदेखाउँदा पुलको काम अलपत्र परेको गुनासो राखेका थिए।
उक्त कुराको जवाफ दिँदै मन्त्री दाहालले आफ्नो ध्यानाकर्षण भएको बताएका थिए। उनले भने, ‘यस कुरामा ध्यानाकर्षण भएको छ। यो आयोजनाको तत्काल निर्माण कार्य अगाडि बढाई समयमा सम्पन्न गर्ने प्रतिपद्दता ब्यक्त गर्ने चाहान्छु। समयमा नै सम्पन्न गर्ने निर्देशन समेत दिएको छ।’
उक्त पुल निर्माण कम्पनी पुष्प राजेन्द्र जेभी हो। निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भिमबहादुर साउद डडेल्धुरा कांग्रेस जिल्ला सभापति हुनु हुन्छ। उहाँले उक्त आयोजना राजनीतिक आडमा अलपत्र पारेको स्थानीयको आरोप छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment