दुर्गा प्रसाईंले खोजे बालेनको साथ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफूहरूको अभियानमा जोडिन आग्रह गरेका छन्।
शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजनागरी उनले राजनीतिको खिचडीमा बस्नुभन्दा राजीनामा गरेर आफ्नो अभियानमा जोडिन सुझाएका हुन्।
उनले भने, ‘म बालेन भाइलाई पनि के भन्न चाहन्छु भने छोड्दिनुहोस् त्यहाँ राजीनामा दिनुहोस् र त्यो खिचडीमा बस्नुभन्दा आउनुहोस् हाम्रो अभियानमा। तपाईं महान हुनुहुन्छ। स्वतस्फूर्त रुपमा दोकान बन्द गरेर राजाको स्वागतमा आउनको लागि म सबै नेपालीलाई आग्रह गर्दछु।’
प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागिढाडमा प्रेसर कुकर बम नबोकेको भए, सहयोग नगरेको भए आज आफ्नी नातिनीका लागि अमेरिकामा घर किन्न सक्थे वा प्रधानमन्त्री बन्न सक्थे भन्दै प्रश्न गरे।
‘हामीले ढाडमा प्रेसर कुकर बम नबोकेको भए, सहयोग नगरेको भए आज नातिनीका लागि अमेरिकामा घर किन्न सक्थे, स्वीटरजल्याण्डमा घर किन्थे र प्रधानमन्त्री हुन्थे? आज आएर राजतन्त्र रछ्यानमा फालिसकेको रे। अब तपाइहरुलाई रछ्यानमुनी फाल्छौं,’ उनले।
No ads found for this position



डिसी नेपाल
Facebook Comment